‘समाचार किल गर्ने शर्तमा ल्यापट लिएको छैन’

समाचार

       

उदयपुर, २८ जेठ । उदयपुरका पत्रकारहरुले समाचार किल नगर्ने शर्तमा ल्यापटप लिएको एक प्रेस विज्ञप्ती जारी गर्दै बताएका छन् । सोमबार पूर्व प्रेस चौतारी र प्रेस सन्टर र प्रेस युनियन उदयपुरले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘खबरदारी गर्नुपर्ने पत्रकारलाई नगरपालिकाले प्रभावमा पार्न खोजेको र आचार संहिता उल्लघंन गर्दै ल्यापटप लिएको होइन ।

प्रेस चौतारी उदयपुरका अध्यक्ष गणेश उप्रेती, प्रेस युनियनका अध्यक्ष पशुराम थापा र प्रेस सेन्टर उदयपुरका अध्यक्ष तुलसी प्रसाद कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘प्रेस काउन्सिलले बाँड्ने प्रविधिगत सुविधाको बारेमा पत्रकार साथीहरु जानकार छैनन ? त्यस्तो सुविधा उपभोग गर्ने सबै सरकारका ल्यापडग भएका छन् त ? लोककल्याणकारी विज्ञापन प्राप्त गर्नेहरु सबै ल्यापडग हुन त ?’

तपाईको प्रतिक्रिया