मधेशी एसोसिएसनद्वारा कोईलाडी माविमा बृक्षारोपण

समाचार

चन्दनकुमार यादव

       

राजविराज, २८ जेठ । विश्व वातावरण दिवस पारेर मधेशी एसोसिएसन अमेरिका र डिप्लोमा ईन्जिनियरिंग एसोसिएसन नेपाल( डिन) ले वातावरण संरक्षण गर्न कोईलाडीमा बृक्षारोपण गरेको छ ।

सोमवार तिलाठीकोईलाडी गाउपालीका स्थित राजेन्द्र देबकी मावि कोईलाडीको प्रागणमा जालीको तारवार सहित बृक्षारोपण गरेको हो ।

तिलाठीकोईलाडी गाउँपालिकाको आयोजनामा तथा डिप्लोमा ईन्जिनियरिंग एसोसिएसनको प्राबिधिक तथा मधेशी एसोसिएसन अमेरिकाको सहयोगमा दुई जातको करिव १ लाख ५० हजार बरावरको सहयोगमा बृक्षारोपन गरेको छ ।

सो बृक्षारोपन कार्यक्रममा बोल्दै डिप्लोमा ईन्जिनियरिंग एसा्सिएसन डिन का अध्यक्ष तथा एसिया डिनका सदस्य कामेश्वर प्रसाद सिँहले बिधालयमा स्वच्छ बातावरणमा बालवालिकाले पठनपााठन गर्न पाउने उदेश्यले वोटबिरूवा रोपन लागेको बताए ।

उनले भने सामजिक दायित्व बहन गर्न बिपदको समयमा डिनले भुकम्प, बाढी, नदि नियन्त्रण गर्ने काम निशुल्क गर्दै आएको बताउदै जिवनमा सबैले स्वच्छ बातावरणमा बाच्नुपर्ने बताउदै प्रयावरण जोगाउन मधेश वाटै नमुना रूपमा वातावरण संरक्षण गर्न सबैले आफनो ठाँउवाट जनजागरण फैलाउनुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया