बाँकेमा जनमत पार्टीको कार्यकर्ता नेतृत्व विकास तालिम सम्पन्न

समाचार

       

नेपालगन्ज, २८ जेठ । जनमत पार्टीले बाँकेमा एकदिने कार्यकर्ता नेतृत्व विकास प्रशिक्षण कार्यक्रम गरेको छ ।

कार्यक्रममा लगभग एक सयभन्दा नेता कार्यकर्ताहरुको सहभागिता रहेको जनमत पार्टीका केन्द्रीय सदस्य इरफान शेषले मधेशवाणीलाई जानकारी दिएका छन् ।
नेता कार्यकर्ताहरुले तालिम पश्चात् हर्षित र गर्जावान देखिएको सहभागी मध्ये मो.हुशेन शाहले जानकारी दिएका छन् ।

कार्यक्रममा पार्टीको विधान, नीति नियम, आगामी संगठनको रणनीति, पार्टी विस्तार, कार्यनीति, सुरक्षा लगायतको विषयमा प्रशिक्षण गराइएको जानकारी आयोजक बाँकेका पार्टी इन्चार्ज समेत रहेका शेषले बताएका छन् ।

नेता शेष पछिल्लो मधेश स्वराज अभियानमा सक्रिय नेताका रूपमा चिनिएका व्यक्ति हुन् ।

आगामि दिन यस्ता तालिमहरु पूरै मधेशभरि चलाइने र तत्पश्चात संगठनको आगामी कार्यक्रम जनता माझ लग्ने रणनीति बनाएको पनि बताएका छन् । आउने दिनमा मधेशको नेतृत्व जनमत पार्टीले नै गर्नेछ भन्नेमा पनि उनी ढुक्क छन् ।

कार्यक्रममा मो.हुशेन शाह, उद्घोषक अनवर खान, विद्यार्थी संयोजक रियाज अंसारी, रफिक अंसारी, मुकीम शेष, दुलारे खटिक, प्रदिप गडाडिया, दिपक पासी, रियाज शेष, हरपाल सिंह, अनुप सिंह, राजितराम बर्मा लगायतले प्रशिक्षण दिएका छन् ।

तपाईको प्रतिक्रिया