सलाम एयरद्वारा रक्तदान कार्यक्रम आयोजना

अर्थ/वाणिज्य

       

काठमाडौं, २८ जेठ । सामाजिक उत्तरदायित्वको भावनालाई मध्यनजर गर्दै आइएमई ट्राभल्स जि.एस.ए भई विगत सेप्टेम्बर देखि संचालनमा रहेको सलाम एयरको आयोजनामा हालै लाजिम्पाटस्थित कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष उपस्थितीमा सम्पन्न कार्यक्रममा कूल ७५ जनाले रक्तदान गरेका थिए ।

दुर्लभ रक्त समूह भएका भोला सापकोटा पर्यटन व्यवसायि तथा उक्त व्यवसायसँग सम्बद्ध कर्मचारी लगायत सलाम एयर तथा आइएमई ट्राभल्सका कर्मचारीहरुले रक्तदान गरेका थिए ।

रक्तदान जस्तो पबित्र सामाजिक कार्यमा सरिक हुने सबैलाई अध्यक्ष ढकालले धन्यवाद ज्ञापन गरेका थिए ।

सलाम एयरलायन्सले आफ्नो सामाजिक उत्तरदायित्वको भावनालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको आइएमई ट्राभल्स तथा सलाम एयर काठमाडौँका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले जनाए ।

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्र«ाभल सलाम एयरको नेपाल जीएसए हो ।

तपाईको प्रतिक्रिया