वीरगञ्ज–विराटनगरबाट भारतको कोलकत्ता–हल्दियासम्म नेपालको रेल

समाचार

       

काठमाडौ, २९ जेठ । नेपाल–भारतबीच नेपालको रेल वीरगन्ज र विराटनगरबाट भारतको कोलकत्ता÷हल्दियासम्म संचालन गर्ने सैद्धान्तिक सहमति भएको छ ।

दुई मुलुकबीचको रेल सेवा सम्झौता अन्तरगतको हालै भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भारतले नेपालको वीरगन्ज र विराटनगरसम्म रेल संचालनका लागि सहमति जनाएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौंमा पत्रकार सम्मेलन गरी त्यस सहमतिले छिट्टै लिखित रुप लिने पनि स्पष्ट पारेको छ ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले डेढ वर्ष भित्र भारतको कोलकत्तासम्म नेपालको रेल सञ्चालन हुने गरी सो सहमतिलाई अघि बढाउने योजना पनि सार्वजनिक गरे ।

बैठकमा नेपालको वीरगन्ज सुख्खा बन्दरगाहसम्म विद्युतीय रेल लाइन विस्तार गर्न भारतले सहमति जनाएको थियो ।

तपाईको प्रतिक्रिया