राजपा सडक र अन्य विकल्पप्रति सोच्न बाध्य भएको छ : संयोजक झा

राजनीति

       

काठमाडौं, २९ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक अनिल कुमार झाले मधेश/थरुहट आन्दोलनको छानबिनका लागि बनेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नभएकोले विकल्प खोज्न बाध्य भएको बताएका छन् ।

बुधबार संघीय संसदमा बोल्दै संयोजक झाले प्रधानमन्त्री र कानून मन्त्रीले सार्वजनिक गर्न यही सदनमा प्रतिबद्धता गरेका लाल आयोगको प्रतिवेदन सभामुखको पटक–पटकको रूलिंग पश्चात पनि अहिलेसम्म सार्वजनिक नभएकोले राजपा सडक र अन्य विकल्प प्रति सोचन बाध्य भएको चेतावनी दिएका छन् ।

उनले लाल आयोगको प्रतिवेदन यदि सरकारले सार्वजनिक गर्दैन भन्ने कुरा पनि प्रष्ट पार्न सभामुखमार्फत् सरकारलाई ध्यानाकर्षण गराएका छन् । उनले सरकार प्रष्ट्याएपछि आफूहरुले के गर्ने भन्ने सोच्ने बताए ।

यसैगरी, उनले समावेशिताको सिद्धान्तमा आधारित नभएर आएका लोक सेवा आयोगको विज्ञापन ले संविधान र कानूनको धज्जी उडाएको बताएका छन् ।

संयोजक झाले यस्तो टिप्पणी गरेका छन् । यस सम्बन्धि संसदीय समितिले विज्ञापन फिर्ता लिन निर्देशन दिए पनि सरकार र लोक सेवा आयोग हठी दुधे बालक जस्तो गर्नु सकारात्मक सोच धारणा राखेका छन् ।

उनले गुठी विधेयकबारे बोल्दै होली वाइनको प्रचार गर्ने सरकार अर्को तिर गुठी सम्वन्धित विधयेक ल्याएर धर्म, संस्कृति र सभ्यतालाई समाप्त पार्न खोजेकोले देशलाई कता तिर लग्न खोजेको हो भन्दै यो सोचनीय विषय रहेको जिकिर गरे ।

तपाईको प्रतिक्रिया