मुस्लिम आयोग र हज समितिले गर्यो थर्ड एलायन्सको निरीक्षण

समाचार

       

बाँके, ३० जेठ । मानव विकास शिक्षा र आरक्षणका विषयमा केन्द्रित भएर मुस्लिम आयोग काम गर्न तयार रहेको मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले बताए । तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सको नेपालगंज कार्यालयको बुधबार निरक्षण गर्ने क्रममा मानव अधिकारको सवालमा थर्ड एलायन्ससँग सहकार्य गर्न तयार रहेको पनि बताए ।
अध्यक्ष अन्सारीले विगतमा समेत थर्ड एलायन्ससँग मिलेर काम गरेको स्मरण गर्दै भविष्यमा तराईका जिल्लामा भई रहेको मानव अधिकार उल्लघंनका घटनाहरुको अनुगमन गरी सरकारलाई सिफारीश गर्न तयार रहेको पनि बताएका छन् ।
नेपाल हज समितिका अध्यक्ष समशेर मियाँ र आयोगका अध्यक्ष अन्सारी र पूर्व मन्त्री जाकिर हुसेनले संयुक्त रुपमा थर्ड एलायन्सको निरीक्षण गरि मानव अधिकारको सवालमा थर्ड एलायन्सले गरेको काम प्रशंसा योग्य रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया