पुल निर्माण सुरु भएसँगै स्थानीय खुसी

समाचार

       

मणि प्रसाद गैेह्रे । कपिलवस्तु, ३० जेठ । बुद्धभुमि नगर कार्यपालिकाको वडा नं १० मा स्थानीय घोराइ नालामा पक्की पुल बन्ने भएको छ । नगरपालिकाका नगरप्रमुख केशब कुमार श्रेष्ठले घेराई खोलामा निर्माण सुरु हुन गइरहेको प्रेमनगर र चेत्रादेहि जोडने पुलको शिलन्यास गरे ।

बहुवर्षिय योजना अन्तर्गत ३ करोड २० लाख १७ हजार ७ सय ४० रुपैयाँको लगानीमा पाइल फाउण्डेसन आर सी सी पद्धतीबाट बुद्धभुमि नगरपालिकाको लगानीमा निर्माण सुरु भएको हो । पुलको निर्माण कार्य २ वर्ष भित्रमा सम्पन्न हुने भएको छ ।

स्थानीय खोलामा पुल नहूँदा हिउँदमा कजवेबाट आवातजावत गरे पनि वर्षा याममा खोलापार गर्न नसक्ने सो क्षेत्रका जनता पुल निर्माण पछि लाभान्वित हुने भएका छन् । यो सँगै सो क्षेत्रका झण्डै २० हजार बटुवाहरु पनि लाभान्वित हुने भएका छन् ।

भौगोलिक विकटताका कारण समस्या भोगिरहेको स्थानहरुका विकासमा आफू लागि परेको नगरप्रमुख केशबकुमार श्रेष्ठले बताए । नगरपालिकाको कार्यालय बुड्डीबाट जिल्ला सदरमुकाम तौलिहवा जानका लागी सबैभन्दा छोटो दुरी पर्ने सो बाटोमा पुल नहुदा भोग्नु परेको सास्ती अब हट्ने बुद्धभुमि नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष त्रिलोकी खरविन्दले बताए ।

सो योजनाअन्तर्गत ७ सय ४६ मिटर बाटोको स्तरोन्नती समेत गरिने नगरपालिकाले जनाएको छ । सडक स्तरोन्नतीका क्रममा पुलका साथ साथै एउटा कल्र्भट पनिनिर्माण हुने सो आयोजनानिर्माणको जिम्मालिएको अर्घाखाँचीश्रीराम जेभिकाइन्जिनियर अशोक बस्यालले जानकारी दिए ।

२० मिटर लम्बाई रहेको सो पुलको ३० प्रतिशतका चालु आर्थिक वर्षमा र बाँकी ७० प्रतिशत काम आउँदो आर्थिक वर्षमा सम्पन्न हुने ठेकेदार कम्पनीले जनाएको छ । पुल निर्माणको काम सूरुभए पछि आफुहरुलाई आवाज जावतमा सहजता हुने स्थानीय बहरैची केवटले बताए ।

मेरो कामको मूल्याङ्कन जनताले गर्ने बताउदै बाँकी ३ वर्षको अवधीमा गाउँपालिकाको विकासमा धेरै परिवर्तन ल्याउने अध्यक्ष खाँले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद पोखरेलले सेवाग्राहीलाई गाउँपालिकाले सहज तरिकाले सेवा सुविधा उपलब्ध गराएको बताए । उनले विषयगत शाखा तथा कर्मचारीहरुबाट ढिलासुस्ती तथा कमजोरी भए सेवाग्राहीलाई आफुसँग तत्काल गुनासो गर्न आउन आग्रह समेत गरे ।

कार्यक्रममा सहभागी युवा, महिला तथा किसानहरुले विउविजन, हेण्डपाइप, बाटोघाटो गुणस्तर नभएको, कर्मचारीको तलब भत्ता, वडा अध्यक्षले समय नदिएको, योजनाको भुक्तानी, शिक्षा, स्वास्थ्य तथा सरसफाई राम्रो नभएको लगाएतका विषयमा प्रश्न राखेका थिए ।

तपाईको प्रतिक्रिया