सांसद रेशमको खुट्टामा अस्पतालभित्र नेल ठोक्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

राजनीति

       

काठमाडौं, ८ असार । कैलाली १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई अस्पतालभित्र नेल ठोक्नेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

वीर अस्पतालमा उपचाररत सांसद रेशम चौधरीको खुट्टामा फलामको नेल लगाइएको थियो ।

यो सामाजिक सञ्जाललगायत मिडियामार्फत् बाहिर आएपछि प्रधानमन्त्रीको ध्यानाकर्षण भएको हो ।

घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासो लिएका छन् । अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले यस घटनामा चासो दिएका हुन् ।

तपाईको प्रतिक्रिया