रेशम चौधरीलाई अविलम्ब रिहा गर्नुपर्छ : सांसद प्रदिप यादव

राजनीति

       

काठमाडौं, ८ असार । समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य प्रदिप यादवले थारु भएकै कारण राज्यले राजपाका सांसद रेशम चौधरीलाई जेल पठाएको आरोप लगाएका छन् ।

संघीय संसदमा बोल्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद यादवले राज्यसँग आफ्नो अधिकारका लागि राजनीतिक आन्दोलनमा लागेका सांसद चौधरीलाई हत्या आरोपमा जेल पठाउनु अन्यायपूर्ण रहेको बताए ।

सांसद यादवले भने सभामुख महोदय यदि रेशमको थर थारु नभएको भए आज उनी हामीसँग संसदमा हुन्थे तर मधेशी र थारु भएको कारण उनलाई सरकारले जेलमा पठाएको छ ।

रेशम चौधरीलाई आफूले नजिकबाट चिनेको बताउँदै सांसद यादवले भने रेशम चौधरीले कसैमाथी गोली चलाएका छैनन कसैको हत्या गरेका छैनन् उनी सच्चा राष्ट्रवादी हुन् ।

राजनीतिक बन्दी भएकोले त्यस्ता योद्धालाई सरकारले अविलम्ब रिहा गर्नु पर्ने सभामुखको ध्यानाकर्षण गराएका छन् ।

तपाईको प्रतिक्रिया