आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

अर्थ/वाणिज्य

       

काठमाडौं, १२ असार । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र आइसीएफसी फाइनान्सबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार आइसीएफसी फाइनान्स आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ । आइसीएफसी फाइनान्सका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रमकाबीच आइएमई पेका तर्फबाट संचालक खिलेन्द्र पौडेल र आइसीएफसी फाइनान्सका तर्फबाट सामान्य सेवा विभाग प्रमुख संजय थपलियाले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया