मेयर कुश्वाहाले गरे उपप्रमुखको अधिकार हनन्

राजनीति

       

राकेश यादव, रौतहट, १२ असार । रौतहट जिल्लाको कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम प्रसाद कुशवाहा निमित प्रमुख प्रसाशकीय अधिकृतसँग मिलेर नगर उपप्रमुखको कानुनी अधिकारको हनन् गरेका छन् ।

नगर प्रमुख कुश्वाहाले नगर उपप्रमुखको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनले प्रदान गरेको संवैधानिक अधिकार बहुमतको दम्भमा हनन् गरेको हो । नगर उपप्रमुख नूर जहां खातूनले मेयर कुशवाहा मोनोपोली ढंगबाट कानून विपरीत कार्य गरीरहेको आरोप लगाएकी छन् ।

नगर प्रमुख कुशवाहाले असार ८ गतेमा खहेरुको घरदेखि नहरको पुलसम्म माटो तथा ग्रेभाल कार्यको काम सम्पन्न योजनाको अनुगमन फारममा योजना अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजकमा हस्ताक्षर गरेको देखिन्छ ।

जुन समितिको अधिकार रहेका उपप्रमुख नूर जाहा खातूनलाई समितिको सदस्यमा राखेको फारममा निमित प्रमुख प्रशासकीय अधिकृत मनोज रजकले प्रमाणित गरेकोले दुवै जना मिलेर बजेट अनियमिता गर्ने उदेश्य लिएको पुस्टि भैरहेको छ ।

तपाईको प्रतिक्रिया