किशोरीलाई आत्मरक्षा तालिम

राजनीति

       

जनकपुरधाम, १३ असार । लैङिक हिंसा तथा विभेदबाट जोगिन प्रदेश २ की ६ हजार ४ सय विद्यार्थीलाई आत्मरक्षा तालिम दिन थालिएको छ ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयले ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्र निर्माणको लागि खेलकुद’ मूल नारासाथ आयोजना गरेको १५ दिने आत्मरक्षा तालिममा प्रदेश २ मातहतका ६४ सामुदायिक विद्यालयका ६ हजार ४ सय विद्यार्थी सहभागी छन् ।

सहभागीलाई प्रदेश २ का प्रमुख प्रशिक्षक मोहम्मद असगर खाले आत्मरक्षा तालिम दिएका थिए । मन्त्रालयले ८ जिल्लाका ६४ सामुदायिक विद्यालयका छात्रालाई आत्मरक्षा तालिम दिन लागेको हो ।

तपाईको प्रतिक्रिया