शिक्षक माफीयालाई तह नलगाई शिक्षाको गुणस्तर बढन् सक्दैन : सांसद यादव

राजनीति

       

वीरगञ्ज, १४ असार । समाजवादी पार्टी नेपालका प्रभावशाली युवा नेता एवम संघिय सांसद प्रदिप यादवले शिक्षा क्षेत्रमा अहिले धेरै सुधारको आवश्यक्ता रहेकोले शिक्षाको क्षेत्रमा राजनीति नगर्न शिक्षकहरुलाई आग्रह गरेका छन् ।

संघीय शिक्षक फोरम नेपाल पर्सा शाखाको तेश्रो जिल्ला अधिवेशनको समुदघाटन सत्रलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य सांसद यादवले बालबालिकाहरुलाई शिक्षा दिने ठाउँमा राजनीति नगरिदिन शिक्षकहरुलाई आग्रह गरे ।

शिक्षा क्षेत्रमा अहिले देखिएको बिकृतीका कारण पढाईको स्तर पनि राम्रो नभएको बताउँदै सांसद यादवले भने यो प्रदेशमै शिक्षाको स्तर राम्रो बनाउन शिक्षकहरुको अहम भूमिका हुनु पर्नेमा जोड दिए । शिक्षाको क्षेत्रमा देखीएका केही माफीयाहरुका कारण शिक्षाको क्षेत्रमा सुधार हुन नसकेको बताए ।

तपाईको प्रतिक्रिया