असारभित्र सबै तहको एकता टुंगिन्छ : ओली

राजनीति

       

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अब दुई हप्ताभित्र पार्टी एकताका सबै काम सकिने बताएका छन् ।

जननेता मदन भण्डारीको ६८ औं जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले पार्टी एकता ठूलो काम भएकोले केही अलमल भएजस्तो लागेको बताए ।

“पार्टी एकता टुंगिएन भनेर अब निराश हुनु पर्दैन” प्रधानमन्त्री ओलीले भने “असार भित्र सबै तहको एकता टुंगिन्छ र नयाँ आर्थिक वर्षदेखि सबैले नेताकार्यकर्ताले उत्साहपूर्वक काम गर्न थाल्नेछन् ।”

प्रधानमन्त्री ओलीले दुई ठुला वामपन्थी दलको चुनावी तालमेल मार्फत राष्ट्रिय आत्मविश्वास जगाएको स्मरण गर्दै नेकपाले बहुमत ल्याएर देशलाई स्थिरता दिएको बताए ।

तपाईको प्रतिक्रिया