संसदमा निडर र स्पस्ट प्रस्तुति जरुरी : सांसद यादव

राजनीति

       

वीरगञ्ज, १५ असार । समाजवादी पार्टी नेपालका युवा नेता एवम् संघीय सांसद प्रदिप यादवले देश र समाजको विकासको मुद्दाहरुमा संसदमा बोल्न निडर र स्पस्ट प्रस्तुति जरुरी रहेको बताएका छन् ।

समृद्ध नेपालका लागी स्वस्थ, कर्मठ र उद्यमी युवा मूल नारासहित वीरगञ्ज महानगरपालिकामा प्रथम पटक महानगरस्तरीय नमुना युवा संसदको अभ्यास सम्बन्धि ४ दिवसीय कार्यक्रममा बोल्दै सांसद यादवले यस्तो बताएका हुन् ।

सांसद यादवले संसदीय व्यवस्थाका बारेमा सहभागी विद्यार्थीहरुलाई जानकारी समेत गराएका थिए । संसदीय व्यवस्थाले निति निर्माण गर्ने हो सांसद यादवले भने संसद क्षेत्रकै मात्र न भई पुरा देशको समस्यासँग अवगत हुनु पर्ने बताए ।

संसदीय व्यवस्थामा सांसदले देश, नगर र स्थानीय समस्यालाई संसदभित्र मर्यादित भई आफ्नो कुरा राख्न सक्ने छ सांसद यादवले विधार्थीहरुलाई भने ।

तपाईको प्रतिक्रिया