विकासका लागि प्रतिपक्षसँग सहकार्य गर्न सरकार तयार छ : प्रधानमन्त्री ओली

राजनीति

       

काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि सरकार प्रतिपक्षसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सत्ता प्रतिपक्ष भनेको आवधिक कुरा भएको उल्लेख गरेका छन् । “सत्ता प्रतिपक्ष भनेको आवधिक कुरा हुन् । विकास र समृद्धि सबैको आवश्यकता हो” प्रधानमन्त्री ओलीले भने “देश विकासका लागि सरकार प्रतिपक्षसँग मिलेर काम गर्ने उत्कट अभिलासामा छ ।”

प्रधानमन्त्री ओलीले भावी सन्ततीले अहिले जस्तो गरिबीको सामना गर्नु पर्ने स्थितिको अन्त्य गर्नुपर्ने बताएका छन् । “भावी सन्ततीलाई पनि यही गरिबीको स्थिती कायम राख्ने होइन । बेरोजगारीकै अवस्थामा राख्ने होइन” प्रधानमन्त्री ओलीले भने “मेरो कार्यकाल टुंगिदा बेरोजगारीको अवस्थामा परिवर्तन ल्याउँछु ।”

तपाईको प्रतिक्रिया