मानव संसाधन प्रक्षेपण कार्यदलले प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझायो

स्वास्थ्य शैली

       

काठमाडौं, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानव संसाधन प्रक्षेपण कार्यदलले प्रतिवेदन बुझाएको छ ।

मानव संसाधन निर्देशक समितिका अध्यक्ष एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले प्रधानमन्त्री ओलीलाई सोमबार साँझ बालुवाटरमा प्रतिवेदन बुझाएका हुन् ।

सरकारले गत असोज २८ गते डा. रुद्र सुवालको अध्यक्षतामा कार्यदल गठन गरेको थियो । जनशक्ति प्रक्षेपण तथा मानव संसाधन विकास योजना कार्यदल गठन गरेको थियो ।

कार्यदलको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले प्रतिवेदनले भविष्यमा देशमा आवश्यक पर्ने जनशक्ति रोजगारीको सम्भवना बीचको तालमेल खोज्न सजिलो हुने बताएका छन् ।

‘यसअघि गति मिहिन ढंगले यस प्रकारको अध्ययन भएको थिएन’ प्रधानमन्त्री ओलीले भने ‘यस अध्ययनले हामीलाई गन्तव्यमा पुग्न सहज हुने मैले विश्वास लिएको छु ।’

तपाईको प्रतिक्रिया