साझा यातायातलाई अशोक लेलैण्डद्वारा २० थान बस हस्तान्तरण

अर्थ/वाणिज्य

       

काठमाडौं, १७ असार । आइ.एम.ई. ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्डले धेरै प्रतीक्षा पछि वातावरणमैत्री यूरो–४ मापदण्डका २० थान लाइन्ज स्मार्ट, सहरी बसको हस्तान्तरण नेपालमा बिक्रि वितरणको सुरुवात काठमाडौँमा एक कार्यक्रम मार्फत साझा यातायातलाई हस्तान्तरण गरेको छ ।

धेरै अद्वितीय विशेषताहरु लाइन्ज स्मार्ट बसमा डिजाइन गरिएका छन्, जो आधुनिक टेक्नोलोजिद्घारा डिजाइन र प्रमाणित गरिएको हो, साथै अनिवार्य मापदण्डहरु भन्दा अतिरिक्त सुरक्षा प्रदान गर्दछ ।

लाइन्ज स्मार्टको विशेषताको रुपमा इन्जिनमा एक समकालीन –४ सिलिण्डर सिआरएस डीजल जुन इजीआर टेक्नोलोजीसंग टर्बो चार्ज गरिएको इन्टरकुलर पाईन्छ र अधिकतम ९०० मिमी फ्लोर उचाइ, १३० एचपी (९५ केडब्लु) को अधिकतम् शक्ति @ 2400 rpm, सेमी इलिप्टिकल मल्टिलिफ साथै शक अब्जर्बर (अगाडी र पछि), ११५ लिटर ईन्धन टैंक क्षमता रहेको छ ।

ऐतिहासिक रुपमा, अशोक लेलैण्डले नयाँ, यात्री मैत्री बस समाधानको सफलतापूर्वक वितरण गरिरहेको छ र लाइन्ज स्मार्ट बसको यो परम्परागत एक निरंतरता हो, जहाँ नेपाली ग्राहकहरु माझ आवश्यकताको विषय बन्दै गइरहेको छ ।

यो गाडी न केवल अपरेटर र यात्री अनुकूल छ, साथै पैदल यात्रीको सुरक्षा तथा विशेष रुपमा डिजाइन गरिएको कारणले चालक मैत्री संभव रहेको छ ।

हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेलैण्ड भारतीय उत्पादक कम्पनी हो जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । अशोक लेलैण्ड १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो ।

साथै ट्रक टिपर उत्पादकमा विश्वको बाह्रौं ठूलो उत्पादक हो । अशोक लेलैण्डमा यात्री परिवहनको १८ सिट देखि ८० सिट क्षमताका विभिन्न बसहरु रहेका छन् र बसको बजारमा ठूला पकड रहेको छ ।

तपाईको प्रतिक्रिया