गोइत समूहद्वारा भ्रष्टाचारी मधेशी कर्मचारीमाथि कारबाही अभियान सुरु

राजनीति

       

काठमाडौं, २० असार । जयकृष्ण गोइत नेतृत्वको सशस्त्र भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले कारबाही अभियान सुरु गरेको जनाइएको छ ।

बिहीबार मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले एक विज्ञप्ति जारी गरी शासकका दलाल मधेशी कर्मचारीको भ्रष्टाचार र घूसखोरी कारण मधेश आक्रान्त बनेको आरोप लगाएका छन् ।

‘मधेशी कर्मचारीहरुद्वारा पनि आम सेवाग्राही मधेशीहरु चरम शोषित, उत्पीडित र अपमानीत भएको छ । शोषित, उत्पीडित मधेशीहरुको राय, सल्लाह र सहयोगमा भ्राष्टाचारी, घूसखोर, आपूmलाई पहाडी ठानेर सर्वसाधारण मधेशीलाई हेप्ने, हेला गर्ने अहंकारी मधेशी कर्मचारीमाथि जनतान्त्रिक तराई मुक्ति मोर्चा( क्रान्तिकारी)ले हदैसम्मको कार्वाही शुरु गरेको छ ।’ गोइतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

गोइतले भनेका छन्, ‘यस अभियानअन्तर्गत सिरहा जिल्लाको लक्ष्मीपुरपतार गाउँपालिकाको प्रशासकीय प्रमुख चन्देश्वर यादवमाथि आज २०७६, असाढ १९ गते वेलुकी करिब ०५बजेर ०५ मीनटमा कार्वाही गराएका छौं ।’

यसरी मधेशी कर्मचारीहरुको भ्रष्टाचारी, घूसखोरी र हेपाहा प्रवृति जारी नै रहे यसभन्दा पनि उच्च स्तरको कार्वाही हुने गोइतले चेतावनी दिएका छन् । यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मेवार भ्रष्टाचारी (अपराधी) घूसखोर र हेपाहा प्रवृितका मधेशी कर्मचारीहरु नै हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया