नेता–कार्यकर्ताले पार्टी र सरकारका निर्णय सिपाहीलेझैं रक्षा गर्नुपर्छ : प्रम ओली

राजनीति

       

काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता–कार्यकर्ताहरुले पार्टी र सरकारका निर्णय सिपाहीलेझैं रक्षा गर्नुपर्ने बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकलाई शनिबार बानेश्वरमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीले पार्टी कार्यकर्ताहरुले पार्टीका नीति नियम र अनुशासनलाई ख्याल गर्न सुझाएका छन् ।

“पार्टीको नेता कार्यकर्ताले पार्टीका नीति निर्णय पालना गर्नुपर्दछ । असहमति बाहिर होइन, संसदीय दल र पार्टीका बैठकमा राख्नु पर्दछ”, प्रधानमन्त्री ओलीले भने–“पार्टी भित्र कटुतापूर्ण सम्बन्ध हुनु आवश्यक छैन । हामी सबै एउटै डुंगामाा सवार छौं । यो कुरा सबैले मनन् गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले पार्टी नेतृत्व र सरकारको नेतृत्वको आलोचनाको बिषय हुन सक्ने तर त्यसलाई उचित ठाउँमा व्यक्त गर्नुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया