अन्तर्राष्ट्रिय संस्थाको नेतृत्व छोडेर साझा पार्टीको नेतृत्वमा

राजनीति

       

काठमाडौं, २२ असार । सयवटाभन्दा बढी देशमा काम गर्ने विश्व परामर्श दातृ संस्था क्युइडि ग्रुपको एसिया क्षेत्रका निर्देशक डा. सिद्धि अर्यालले सो पदबाट राजीनामा दिएर केन्द्रीय सदस्यका रूपमा साझा पार्टीमा आवद्ध भएका छन् ।

संयुक्त राज्य अमेरिकाबाट अन्तर्राष्ट्रिय स्वास्थ्यमा स्नातकोत्तर रविश्व स्वास्थ पद्धति विकासमा विद्यावारिधि गरेका ४४ वर्षिय सिद्धी अर्यालले गत १८ वर्ष यता विभिन्न अन्तराष्ट्रिय संगठनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए ।

क्युइडि ग्रुपका निर्देशक हुनअघि डा अर्याल मलेरिया कन्सोर्टियमका एसिया निर्देशक, युएनडिपिरयुएनएड्सका एसिया क्षेत्रका सल्लाहाकार पनि रहिसकेका छन् । उनी पछिल्ला केही वर्षदेखि म्यानमारलाई आधार बनाएर कार्यरत थिए ।

उनले संसारका दर्जनौँ देशहरूका राष्ट्रिय, प्रान्तीय तथा स्थानीय निकायहरूका स्वास्थ्य पद्धति सुधारका लागि नीति निर्माण गर्ने, रणनीतिक योजना बनाउने र कार्यानवयनका संरचनाहरू तयार पार्ने कार्यको नेतृत्व गरेका छन् ।

संयुक्त राष्ट्र संघ लगायतका अन्तराष्ट्रिय दाताहरू, नागरिक समाज र विकास संस्थाहरूसँग सम्मन्वय गरेर काम गर्दै आएका अर्याल भन्छन्, “मैले एउटा इमानदार मध्यम वर्गीय परिवारबाट उठेर हालसम्म जे पाएँ, त्यो धेरै पाएँ। मलाई लाग्यो, नेपालको जुन अवस्था छ, अब म चुप लागेर बस्नु हुँदैन । त्यसका लागि नेपालीहरूले बढ्दोरूपमा आशा र विश्वास गरिरेहका साझा पार्टी निर्माणमा सहभागि हुनुबाहेक अर्को विकल्प थिएन। म अब मेरो वुद्धि, विवेक र इमानदारीले भ्याएसम्म साझा पार्टीको निर्माण र त्यसमार्फत नेपालको रूपान्तरणमा सरिक हुनेछु ।”

साझा पार्टीका संयोजक रवीन्द्र मिश्र भन्छन्, “एकै पुस्तामा नेपालको रूपान्तरण गर्न हामीलाई सबै नेपालीहरूको साथ र सहयोगको खाँचो छ । सिद्धी अर्यालजस्ता क्षमतावान् र स्वदेश तथा विदेशको व्यापक अनुभव संगालेका नेपालीले प्रतिष्ठित अन्तराष्ट्रिय जागिर छोडेर पार्टी निर्माणमा सहभागि हुनुले हामीलाई हाम्रो लक्ष्यमा पुग्न बलियो संकेत प्रदान गरेको छ ।”

तपाईको प्रतिक्रिया