बाँकेमा एक जना मृत फेला

समाचार

       

बाँके, २५ असार । बैजनाथ गाउँपालिका ८ बस्ने २६ वर्षीय राधन मङता मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

भैंसी चराउन गएका उनी साँझसम्म घरमा नफर्के पछि खोजी गर्ने क्रममा सोही ठाउँ झिगौरा गाउँस्थित खेतमा मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया