नेपाल–भारत संयन्त्र बैठक सम्पन्न

समाचार

       

काठमाडौं, २५ असार । नेपाल–भारत क्रसबोर्डर रेलसँगै सम्भाव्यता अध्ययनमा रहेको रक्सौल–काठमाडौं र निर्माणाधीन जनकपुर–बर्दिबास रेल परियोजनाको प्रगति र समस्या समाधान गर्न दुवै पक्ष थप सक्रिय हुने भएका छन् ।

द्विपक्षीय सञ्जाल विस्तार, सडक निर्माण, ऊर्जा, सुरक्षासहित विभिन्न सहकार्य तथा समस्याबारे काठमाडौंमा बैठक सम्पन्न भएको छ ।

विशेषगरी डुबान समस्या समाधान गर्न पनि दुवै पक्ष चनाखो बन्ने भएका छन् । भारतीय सहयोग तथा लगानीमा नेपालमा सञ्चालित परियोजना कार्यान्वयनका समस्या र द्विपक्षीय सम्बन्धको समग्र पक्षमा परराष्ट्रसचिवस्तरमा काठमाडौंमा छलफल भएको हो ।

नेपालका तर्फबाट परराष्ट्रसचिव शंकरदास वैरागी र भारतका तर्फबाट राजदूत मञ्जीवसिंह पुरीले बैठकको नेतृत्व गरेका छन् । नेपाल र भारतबीच परराष्ट्र, वाणिज्य, ऊर्जा, गृहसचिव, सहसचिव तथा प्राविधिक तहका ३० भन्दा बढी द्विपक्षीय संयन्त्र छन् ।

संयन्त्रले परियोजनाबारे चासोसहित समस्या देखिए समाधान गर्ने र प्रगतिलाई अघि बढाउन जोड दिने परराष्ट्रका प्रवक्ता भरतराज पौड्यालले बताए ।

तपाईको प्रतिक्रिया