भारतका लागि नेपाली राजदूतले भुटान पनि हेर्ने जिम्मा

समाचार

       

काठमाडौं, २५ असार । भारतका लागि नेपाली राजदूत रहेका निलम्बर आचार्यलाई भुटान पनि हेर्नेगरी जिम्मेवारी दिएको छ ।

सरकारले आचार्यलाई भारतसँगै भुटान पनि हेर्नेगरी जिम्मवारी दिएको हो । मन्त्रिपरिषद भारतको नयाँदिल्लीमा कार्यरत आचार्यलाई भुटानको गैरअवासीय राजदूतमा सिफारिस गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा आचार्यलाई संविधानको धारा २८२ को उपधारा (१) बमोजिम भुटानको गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

तपाईको प्रतिक्रिया