आईसीजे टोली विराटनगरमा

समाचार

       

विराटनगर, २५ असार । स्थानीय तहको न्यायिक समितिसँग सहकार्य गर्ने उद्देश्यले त्यसको काम र गतिविधिको अध्ययन गर्न इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजि) को टोली विराटनगर महानगरपालिकामा पुगेको छ ।

आईसीजे एसिया हेर्ने बैंकक टोलीका प्रतिनिधि बोराम ज्याम र सुस्मिता तायानन्दले महानगरपालिकाको इजलासबारे अध्ययन गरेका हुन ।

महानगरपालिकाले पति–पत्नीबीच मानाचामल भराउने इजलास सञ्चालन गरेको थियो । नेपालको स्थानीय निकायको न्यायिक समितिसँग सहकार्य गर्ने उद्देश्यले आईसीजेका प्रतिनिधि स्थलगत अध्ययनमा जुटेको हो ।

तपाईको प्रतिक्रिया