मधेश संस्कृति लगायतको नाउँमा ब्रह्मलुटबारे आवाज उठाउँदा उपमेयरलाई सिध्याइदिने मेयरको धम्की

समाचार

       

राकेश यादव, रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिकाको नगर उपप्रमुख नूर जहां खातूनले गत वर्षको हिसाव किताब सार्वजानिक गर्न माग गर्दा नगर प्रमुख सियाराम कुशवाहाले बर्वाद गर्ने धमकी दिएको बताएकी छन् ।

मंगलबार रौतहटको सदरमुकाम गौरस्थित नेपाल पत्रकार महासंघ रौतहट शाखाको सभाहलमा पत्रकार सम्मलेन आयोजना गरी उपप्रमुख खातूनले बजेटको खर्च पारदर्शी गर्नुपर्ने भन्दा बर्वाद गर्ने धमकी दिदै आएको आरोप लगाइन् ।

नगर उपप्रमुख खातूनले महिला बुझेर पटक पटक धम्क्याउँदै आएको दावी गरिन् । आर्थिक वर्ष २०७४।०७५ र २०७५।२०७६ मा विकासको लागि आएको रकम कुन कुन शीर्षकमा खर्च गरियो त्यसको बारेमा जानकारी गराउन मेयर, प्रमुख प्रसाशकीय अधिकृत समेतलाई आग्रह गर्दा पनि वास्ता नगरेको दुखेसो पोखिन् ।

उपमेयर खातूनले मलाई कुनै जानकारी नदिई नगर सभा गराउन लागेकोले मेरो असन्तुस्टि रहेको बताइन् ।

एउटै पार्टीबाट निर्वाचित भएपनि विभेद किन ? प्रश्न गर्दै नगरपालिकामा ग्यास सिलिण्डर, मधेश संस्कृतिको नाउँमा भएको ब्रह्मलुटको छानविन हुनुपर्ने जोडदार रुपमा माग गरिन् ।

उनले पार्टीको नेतृत्व गर्ने शीर्ष नेता पूर्वप्रधानमंत्री माधव कुमार नेपाल, पुष्पकमल दहाल प्रचण्डलाई यस विषयमा खोजवीन गराई दोषी माथि कार्यवाही गराउन लिखित रुपमा आग्रह गरे पनि ध्यान नदिएको सुनाइन् ।

गत आर्थिक वर्ष २०७४।०७५ को ४ करोड रकमसहित नगरपालिकाबाट ७५ लाखको ग्यास सिलिंडर र २५ लाख रुपैयाँ कटहरिया एफ एमको नाउँमा खर्च गरिएको जानकारी गराउँदै भ्रस्टाचार फस्ट्याएको हाम्रो नगरपालिकामा छानविन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग समेत डराएको टिपण्णी गरिन् ।

संचारकर्मीहरुले सोधेको प्रश्नको जवावमा खातूनले भनिन् न्यायिक समिति हालसम्म सञ्चालनमा आएको छैन ।

विकास निर्माणको कार्य गर्नेले पनि भुक्तानी पाएका छैनन्, योजना अनुगमन गर्न दिएको छैन, बजेट तर्जुमाको बैठक बोलाएको छैन, बजेट तथा कार्यक्रम बनाउन नदिएको प्रस्ट पारिन् ।

नगर उपप्रमुख आफै अन्यायमा परेकोले जनताको न्याय कसरी दिने भनी अन्यौलता छाएको छ । विकास पुरुषको नाम पाएका पार्टीका नेताको इशरामा मेयर कुश्वाहाले धांधली गर्दै आएको उनको भनाइ रहेको छ । मेयर कुशवाहा तत्कालीन नेकपा माओवादी जनयुद्धको समयमा त्यही नेताको करीबी रहदै फिरोज उपनामले प्रचलित भएका थिए ।

माओवादी जनयुद्धदेखि उनको कार्यले स्थानीयहरु भयभीत भएकोले अहिले पनि त्यसैको प्रकोप देखाउने प्रयास गरेपनि त्यों हुन नदिने र आफ्नो कÞानूनी अधिकार लिएर छेड़ने चेतावनी दिदै उपप्रमुख खातुनले बलपूर्वक नगर सभा गर्ने प्रयास गरेमा विथोल्ने उदघोष गरेका छन् ।

महिलाको अधिकार सुरक्षित गर्नुको साटो अधिकारको हनन किन उपमेयरले प्रश्न गरिन् । सतापक्ष पार्टीबाट आफु निर्वाचित भएकोले मेयर जस्तै आफ्नो अधिकार, स्वाभिमान, पहिचान भएको जिकिर गरिन् ।

जनताको काम स्वच्छ, निष्पक्ष, पारदर्शी हुनु पर्ने मेरो स्पस्ट धरना रहेको बताइन् । नगर प्रमुख कुश्वाहाको कारण पीडित भएको बताउँदै कार्यालयमा ज्यादा मेयरले दुर्व्यवहार गर्दै आएको सुनाइन् ।

अरु स्थानीय तहको तुलनामा सबैभन्दा बढी विभेद, भ्रस्टाचारी कटहरिया नगरपालिकामा रहेकोले यस विषयमा आवाज उठाई दिन संचारकर्मीसँग आग्रह गरिन् ।

उपप्रमुख खातूनले खुल्ला रुपमा पारदर्शी ढंगबाट नगर सभा हुनु पर्ने चाहना रहेकोले सहकार्य, सहमतिबाट जनताको विकासको लागि अगाडी बढ्नु पर्ने अपील गरिन् । उनले भनिन् मेरो चाहना पारदर्शी हो, न्यायपालिका सञ्चालन हो, बजेटको खर्च सार्वजनिक हुनु पर्ने हो ।

आफु विकासको विरोधी नरहेको प्रस्ट पारिन् । निमित प्रमुख प्रसाशकीय अधिकृत मनोज रजकको तत्काल सरुवा गर्नु पर्ने भन्दै रजकको कारण अनियमिता विभेदको सृजना भएको ठहर गरिन् ।

राजदेवी नगरपालिकामा कार्यरत हुँदा खेरी यस्तै अवस्था सृजना गर्ने रजकले देवाही गोनाही नगरपालिकामा पनि मेयरलाइ बाईपास गरेर १ करोड १२ लाखको टेण्डर नेतालाई भेटि चढाएपछि चर्को विरोध हुँदा त्यहाँबाट हटाएर कटहरिया नगरपालिकामा मंत्रालयले पदस्थापन गरेको हो ।

नेपालको संविधानले तोकेको अधिकार उपप्रमुखले पाउनु पर्ने हुँदा मेयरले त्यसको वातावरण मिलाएर विकासको कार्यहरु गर्नु पर्ने देखिन्छ ।

आफ्नो अडानले कसैलाई एकछिनका लागि खुस गर्न सकिन्छ भने पछि त्यसको असर नकारात्मक हुन्छ । जनप्रतिनिधि तथा स्थानीय सरकारको प्रमुख मेयर नै भएकोले महिलाको अधिकारको सम्मान गर्नु पर्दछ ।

तपाईको प्रतिक्रिया