धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

समाचार

       

मोरङ, २६ असार । सुन्दरहरैचा नगरपालिका १ कुमार गाउँ बस्ने भाई-बुहारी २६ वर्षीया सलिना नेपाललाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय निर बहादुर नेपाललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले निर बहादुरलाई खुकुरी सहित पक्राउ गरेको हो । घाइते सलिनालाई उपचारको लागि धरान घोपा अस्पताल पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया