सांसद र उपमेयरको अपमान

राजनीति

       

राकेश यादव, रौतहट, २६ असार । रौतहट जिल्लाको कटहरिया नगरपालिकाका प्रमुख सियाराम प्रसाद कुशवाहाले तेस्रो नगर सभाको उदघाटन सत्रमा आफ्नै पार्टीका नेता प्रदेश नम्बर २ का अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्यलाई बेइज्जती गरेका छन् ।

आफ्नै पार्टीका प्रदेश २ का अध्यक्ष तथा रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य प्रभु साहलाई नगर सभामा अपमान गरिएको हो ।

पूर्वमन्त्री समेत रहेका साहले कटहरिया नगरपालिकाको परिसरमा आयोजना गरिएको तेस्रो नगर सभाको उद्घाटन सत्रमा प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गरिरहेका बेला नगर प्रमुख कुशवाहाको समर्थकले बीचमै माइकको लाइन काटेपछि सम्बोधन रोकिएको थियो । माइकको लाइन काटे पछि हल्ला बवाल भएको थियो ।

केहि समयसम्म माइकको लाइन जड़ान नगर्दा बाध्य भएर सांसद साह आफ्नो मन्तव्य टुंग्याएर विदा लिएका थिए । एउटै पार्टीबाट निर्वाचित भएका उपप्रमुख नूरजहाँ खातूनलाई आफ्नो विचार राख्न नदिने षड्यन्त्र गरेका प्रमुख कुश्वाहाले पार्टीकै प्रभावशाली नेतालाई सभामा लाइन काटेर बेइज्जती गरेका हुन् ।

तपाईको प्रतिक्रिया