प्रदेश २ मा प्रहरीको केनाइन शाखा

समाचार

       

जनकपुरधाम, २६ असार । प्रदेश २ का जिल्लाहरुमा हुने अपराध तथा आपराधिक गतिविधि न्यून गर्न केनाइन शाखाको स्थापना गरिएको छ ।

जघन्य प्रकृतिका अपराध अनुसन्धान तथा अति विशिष्ट र विशिष्ट व्यक्तिहरुको कार्यक्रमस्थलको सुरक्षा लगायत अन्य प्रहरी कार्यमा सहजताको लागि केनाइन शाखाको स्थापना गरिएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
धनुषाको मिथिला नगरपालिकास्थित लालगढमा केनाइन शाखाको स्थापना गरिएको छ ।

शाखामा हाल ४ वटा तालिम प्राप्त कुकुरहरुलाई राखिएको छ । यी कुकुरलाई प्रदेश अन्तर्गतका जिल्लाहरुमा घटित अपराधको अनुसन्धान, अपराधीको खोजी, विस्फोटक पदार्थ, लागूऔषधको पहिचान तथा अति विशिष्ट र विशिष्ट व्यक्तिहरुको कार्यक्रम स्थलको सुरक्षालगायतका कार्यमा प्रयोग गर्न सकिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया