स्वच्छ, प्रभावकारी, पारदर्शी र सेवामुखी प्रशासन बनाइने : प्रधानमन्त्री

राजनीति

       

काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वच्छ, प्रभावकारी, पारर्दर्शी र सेवामुखी प्रशासन बनाउने बताएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ बिषयक राष्ट्रिय कार्याशालाको उद्घाटन गर्दै उनले जनतालाई आत्मविश्वास,भविष्यप्रतिको आशावादीता देखाएर प्रशासन क्षेत्रले छिटो छरितो रुपमा काम गर्नुपर्ने बताए ।

उनले प्रशासनले एकातिर विकासका काम अगाडि बढाउनुपर्ने र अर्कोतिर जनतामा सेवा उपलब्धता पु¥याउनु कामलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे ।

उनले मुलुकको विकास सिङ्गो देश मिलेर गर्ने उल्लेख गर्दै त्यो लागि प्रशासनिक अगुवाई गर्नु जरुरी रहेको बताए । ‘‘सरकारले मुलुकको विकासको उद्देश्यका तय गर्दछ’’ उनले भने,‘‘त्यस उद्देश्यमा समेटिएका नीति, कार्यक्रम, योजनाको कार्यन्वयनलाई अगाडि बढाउने काम प्रशासनिकले गर्नुपर्दछ ।’’

तपाईको प्रतिक्रिया