मुस्लिम आयोेगद्वारा शैक्षिक सामाग्री वितरण

समाचार

       

काठमाडौं, २६ असार । मुस्लिम आयोगले बारा र पर्साका पढ्नबाट बञ्चित बालबालिकाका लागि शैक्षिक सामाग्री बितरण गरेको छ ।

लैगिक हिंसा सम्बन्धि जनचेतनासहितको कार्यक्रम लिएर ग्रामीण क्षेत्रको मुस्लिम समूदायको बाहुल्यता रहेको बस्तीमा पुगेको आयोगले जनचेतनासहित मुस्लिम समूदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले एक कार्यक्रमकाबीच बाराबाट लैगिक हिंसा सम्बन्धि साताव्यापि जनचेतना कार्यक्रमको शुरुवात गरे । उनले पिछडिएको र अत्यन्त गरीव मुस्लिम समूदायका बालबालिकालाई शिक्षाको मूल धारमा ल्याउने संकल्प आयोगको रहेको बताए ।

आयोगले पर्साको टेढाँमा रहेको मदरसा इस्लामिया र बाराको हरपुर मदरसामा अध्ययनरत झण्डै चार सय बालबालिकालाई मुस्लिम आयोग अंकित ब्याग र शैक्षिक सामाग्री वितरण गरिएको हो । बारा र पर्साका दुर्गम बस्तीमा मुस्लिम समूदायको बाहुल्यता रहेको छ । गरीबीका कारण त्यस क्षेत्रका धेरै बालबालिका पढ्नबाट बञ्चित छन् ।

आयोगले प्रदेश नम्बर १ र २ मा रहेका मुस्लिम समूदायको बाहुल्यता रहेको बस्ती र मदर्साहरुमा लैगिक हिंसा अन्त्य गरौ भन्ने चेतनामुलक कार्यक्रमसहित शैक्षिक सामाग्री बितरण गर्ने छ ।

तपाईको प्रतिक्रिया