प्रदेश २ को अस्थायी राजधानी अब सिसिटिभीको निगरानीमा

समाचार

       

जनकपुरधाम, २६ असार । अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले जनकपुरका मुख्य चोकमा सिसिक्यामेरा जडान गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको १९ लाख ८२ हजारको लागतमा १० थान सिसि क्यामेरा जडान गरिएको हो । सिसिक्यामेराको कन्ट्रोल रुम स्टेशन प्रहरी चौकी परिसरमा राखिएको छ ।

चारैतिर घुम्न सक्ने र एचडी क्षमताको क्यामेरा जडान गरिएको जनकपुरधामका नगरप्रमुख लालकिशोर साहले जानकारी दिए । नगरप्रमुख साहले एक समारोहबीच सिसिक्यामेराको रिमोट धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनाललाई हस्तान्तरण गरे ।

जनक चोक, शिव चोक, रेल्बे स्टेशन, भानु चोक लगायतका बढी चहलपहल हुने ठाउँमा क्यामेरा जडान भएको छ । एसपी खनालले अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापन गर्न सिसिक्यामेराले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया