‘गर्मी छल्न पोखरा जाऊँ’ भन्ने सन्देश हैदरावाद र बैङ्लोरमा

समाचार

       

काठमाडौं ,  २६ असार । ‘गर्मी छल्न पोखरा जाऊँ’ भन्ने सन्देश भारतीय पाहुनालाई दिन पोखरेली पर्यटन व्यवसायी भारतको हैदरावाद र बैङ्लोर प्रस्थान गरेका छन् ।

पोखराको पर्यटन उद्योगको पुरानो संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्सको टोली ‘प्रमोशनल टुर तथा सेल्स मिसन २०१९’ का लागि त्यसतर्फ प्रस्थान गरेको हो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलियाले भारतको बैङ्लोर र हैदरावाद नेपाली पर्यटन बजारका लागि उपयुक्त गन्तव्य रहेको बताए ।

४२ करोड जनसङ्ख्या रहेको उक्त स्थानमा गर्मी छल्न पोखरा जाऊ भन्ने सन्देश पु¥याउन सके पोखराको पर्यटनले गति लिने विश्वास व्यक्त गरे । भारतको विभिन्न शहरमा नेपाल र पोखरा प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको उत्कृष्ट गन्तव्य रहेको सन्देश दिइने नाट्टा गण्डकीका अध्यक्ष सन्तोष पोखरेलले बताए ।

उक्त कार्यक्रममा भारतका दुई प्रमुख शहरमा २४० ट्राभल्स एजेन्टलाई निमन्त्रणा गरिएको छ ।

तपाईको प्रतिक्रिया