लागूऔषधसहित पक्राउ

समाचार

       

रुपन्देही, २६ असार । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ ।

सोही जिल्लाको ओमसतिया गाउँपालिका २ बस्ने २८ वर्षिय प्रतिक पुनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्मबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज पुनलाई जाँच गर्दा उनको साथमा नोफिन १० सिसि, फेनारागन १० सिसि र डाईजापाम्प १० सिसि फेला परेपछि एपीएफ टोलीले उनलाई उक्त लागूऔषधसहितै पक्राउ गरेको हो ।

एपीएफ टोलीले पक्राउ परेका पुनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया