सप्तकोशीमा पानीको बहाव बढ्यो, रातो झण्डा फहराइयो

समाचार

       

विराटनगर, २७ असार । बिहीबार रातिदेखि लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।

वर्षा जारी नै रहेकोले त्यसबाट उत्पन्न हुनसक्ने आपतिप्रति सचेत रह्न स्थानीय प्रशासन सूचना प्रकाशन गरेको छ । शुक्रबार बिहान ८ बजे पानीको बहाव १ लाख ७९ हजार ६१५ क्युसेक पुगेको हो ।

ब्यारेज प्रहरीका अनुसार पानी निकासीको लागि ५६ मध्ये ३२ वटा ढोका खोलिएको छ । प्रहरीका अनुसार बिहीबार राती पानीको बहाव १७८११० क्युसेकपुगेको थियो । बिहान ४ बजे केही घटेर १६८८२० पुगे पनि ८ बजेदेखि फेरि बढ्न थालेको हो ।

पानीको बहाव डेढ लाख क्युसेक नाघेसँगै खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराइएको छ ।

तपाईको प्रतिक्रिया