सिंघिया खोलामा आएको बाढीले दर्जनौं घरपरिवार डुबानमा

समाचार

       

विराटनगर, २७ असार । लगातार वर्षाका कारण विराटनगरस्थित सिंघिया खोलामा आएको बाढीले दर्जनौं घरपरिवार डुबानमा परेका छन् ।

विराटनगर महानगरपालिका वडा नम्बर ८ स्थित सिँगिया खोलाको किनारमा बसोबास गर्ने सुकुम्बासी बस्तीमा बाढी पसेको छ ।

सुकुम्वासीलाई सामानसहित सुरक्षित स्थानमा सारिएको स्थानीय प्रशासनले जनाएको छ । उनीहरुलाई वडा प्रहरी कार्यालयले ५० थान त्रिपाल सहित सुरक्षित ठाउँमा सार्ने काम गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया