माछापुच्छ्रे बैंक र वयोधा अस्पतालबीच सम्झौता

अर्थ/वाणिज्य

    23 July 2019   

वीरगंज, ०६ श्रावण । माछापुच्छे्र बैंक र वयोधा अस्पताल बीच आज सम्झौता भएको छ । माछापुच्छ्रे बैंकमा खाता खोलेका सेवाग्राहीले वीरगंजको गण्डकमा रहेको नारायणी वयोधा अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने व्यवस्था सहित सम्झौता भएको हो । बैंक र अस्पताल विच भएको सहमति अनुसार माछापुच्छ्रे बैंक मा खाता रहेका सेवाग्राहि, माछापुच्छ्रे बैंक को डेविट, क्रेडिट र प्रिपेड कार्ड लिएका सेवाग्राहि, बैंकको शेयरधनी, बैंकका कर्मचारी र तिनका आश्रीत परिवारले अस्पतालको विभिन्न सेवामा १० प्रतिशत छुट पाउने भएका छन् ।
माछापुच्छ्रे बैंक र अस्पताल विच भएको सहमतिअनुसार बैंकका ग्राहक र बैंक कर्मचारी सहित आश्रीत परिवारले बेड चार्ज, प्रयोगशाला, एक्सरे, मुटुरोग, चिकित्सक सेवा शुल्क र स्वास्थ्य परिक्षणमा १० प्रतिशत छुट पाउने नबिल बैंक वीरगंज शाखाका कर्मचारी शुदर्शन अर्यालले जानकारी दिएका छन् ।
त्यस्तै उल्लेखीत मापदण्ड पुरा गरेका बैंकका सदस्यले अस्पतालमा भर्ना हुनुपर्ने अवस्थामा वीरगंज र सिमराको विचमा आवश्यक पर्ने एम्बुलेन्स सेवा समेत निशुल्क पाउने भएका छन् । भने बैंकले आफ्ना सेवाग्राहि र सर्वसाधारणका लागि विभिन्न समयमा आयोजना गर्ने स्वास्थ्य सचेतना कार्यक्रममा पनि अस्पतालले सहकार्य गर्ने भएको छ ।
सेवाग्राहि सर्वसाधारणको विभिन्न रिस्कलाई सम्बोधन गर्दै आएको माछापुच्छ्रे बैंकले सेवाग्राहिको स्वास्थ्य संवेदनशिलता लाई ध्यानमा राख्दै यस्तो सम्झौता गरीएको माछापुच्छ्रे बैंक वीरगंज शाखाका प्रमुख दिलीप बराल ले जानकारी दिएका छन् । सम्झौतामा अस्पतालको तर्फबाट प्रवन्ध निर्देशक डा. रजनिश भारती तथा माछापुच्छ्रे बैंक को तर्फ बाट प्रदेश नं. २ का प्रमुख लिलाराम थापा ले हस्ताक्षर गरेका छन् । समझौता कार्यक्रम मा नारायणी बयोधा अस्पताल का अपरेसन मैनेजर सैलेन्द्र सिंह, मार्के्टिग्ङ हेड दिपेन्द्र श्रेष्ठ, इमालुल हक अंसारीको विशेष उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया