प्रमाणपत्र तह उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना

शिक्षा

       

नेपालगञ्ज, १९ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज प्रा.लि. नेपालगञ्ज शाखाद्वारा प्रमाणपत्र तह उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना प्रदानका साथै सम्मान कार्यक्रमको आयोजना गरिनेछ ।

सोमबार नेपालगञ्जमा एक भव्य कार्यक्रमको आयोजना गरी उक्त तह उत्तीर्ण विद्यार्थीहरुमा हौसला प्रदान होस भनी एक्सपर्टले बधाई तथा शुभ कामना प्रदान कार्यक्रमको आयोजना गरेको एक्सपर्ट नेपालगञ्ज शाखा प्रबन्धक ईश्वरी प्रसाद आचार्यले जानकारी दिए ।

एक्सपर्टले कुनै पनि संकायमा हालै प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका सबै विद्यार्थीहरु निःशूल्क सहभागि हुन पाउने गरी आयोजना गरिएको उक्त कार्यक्रममा बाँकेका सम्पूर्ण विद्यार्थीहरुलाई आमन्त्रण गरेको छ ।

कार्यक्रममा एक्सपर्टले बाँकेका करिब एक हजार विद्यार्थीहरुलाई बधाई ज्ञापन तथा सम्मान गरिने बताएको छ ।

विद्यार्थीहरुको उन्नतिको मार्गमा संधै अग्रणी भूमिका खेल्दै आएको एक्सपर्टले उच्च शिक्षा अध्ययनको लागि अष्टे«लिया जान चाहने विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा नेपालगञ्ज शाखाबाटै प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया