एन्टा द्वारा पर्सामा बर्षा तथा बाढीपीडित ५० परिवारलाई राहत सामग्री वितरण

शिक्षा

       

वीरगन्ज, १९ साउन । वर्षा तथा बाढीपीडित ५० परिवारलाई आज एक कार्यक्रमवीच राहत सामाग्री वितरण गरिएको छ ।

एशोसिएससन अफ नेपाल तराई ईन अष्टे्रलिया (एन्टा) नामक संस्थाले बिनदवाशनी गाउँपालिका वडा नम्बर ३र४ झऊवागुठी अमरपटी मधवलमा ५० घरधुरीलाई राहत सामाग्री हस्तान्तरण गरेको हो।

संस्थाका जुमादिन हवारीले सो राहत यहाँ ल्याएका हुन् ।चामल पाँच किलो, आलु दुई केजी, कपडा धुने साबुन एक थान नुहाउने साबुन एक थान, नुन एक प्याकेट, टुथव्रस तीन थान, टुथ पेष्ट एक थान, खानेतेल आधा लिटर, सेनेटरी प्याड एक, झोला एक थान वितरण गरिएको हो ।

बिनदवाशनी गाउँपालिकाको अध्यछ श्रीलाल साह कानु सो सामाग्री वितरण गरिएको हो।सामाग्रीलाई आकाश ऐफ ऐम का प्रबन्ध निर्देसक आसिक अंसारी , अमजद हवारीले वितरण गरेका हुन।मुकलेश गद्दी सहयोग गरेका हुन् ।

तपाईको प्रतिक्रिया