नागरिकता खारेजीसम्बन्धी समाचारप्रति राजेन्द्र महतोको आक्रोश, ‘भ्रमको खेती गरेर के गर्न खोजेको हो सरकार ?’

राजनीति

       

काठमाडौं, २० साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता सांसद राजेन्द्र महतोले नागरिकता खारेजीसम्बन्धी समाचारप्रति संसदा आक्रोश पोखेका छन् ।

नेपाल सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँसकोटाले आइतबार राजेन्द्र महतोलगायत ८ जनाको नेपाली नागरिकता खारेज गरिएको निर्णय सार्वजनिक गरेका थिए ।

सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद महतोले नागरिकता खारेजीसम्बन्धी समाचार व्यापकरुपमा प्रचारप्रसार भएको भन्दै त्यो कुन राजेन्द्र महतो हो भन्ने प्रतिप्रश्न गरेका छन् ।

‘सरकारले राष्ट्रियतासँग जोडिएको संवेदनशील विषयमा नेपाल सरकारका प्रवक्ताले नेपाल सरकारको सार्वजनिक गर्दा राजेन्द्र महतो लगायत ८ जनाको नेपाली नागरिकता बदर गरिएको समाचार आउनु के हो त्यो ?’ महतोले आक्रोश पोख्दै भने, ‘नाम ठेगाना केही नहुने र व्यापकरुपमा प्रचार हुने । यो कुन नियतले हो ?’

महतोले यो सरकार चौतर्फीरुपमा असफल भइरहेको भन्दै भ्रमको खेती गरेर के गर्न खोजेको हो भनेर जवाफ मागेका छन् । उनले सरकारको नियतमाथि नै प्रश्न उठाएका छन् ।

‘सरकारले यस्तो संवेदनशील विषय सार्वजनिक गर्दा कुन व्यक्तिको नागरिकता खारेजी गरिएको भन्ने कुरा प्रष्टरुपमा भन्नुपर्ने थियो ।’ महतोले भने । उनले आफ्नो मानहानी भएकोले माफी माग्नुपर्ने माग गरेका छन् ।

तपाईको प्रतिक्रिया