समाजवादीको बौद्धिक पेशाकर्मी महासंघको अध्यक्षमा कृष्ण, प्रदेश २ मा जितेन्द्र

राजनीति

       

काठमाडौं, २१ साउन । नेपाल बौद्धिक पेसाकर्मी महासंको अध्यक्षमा कृष्ण शर्मा चयन भएका छन् ।

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति बीच एकीकरण भई गठन भएको समाजवादी पार्टीको पेशागत संगठनको रुपमा समायोजित भई बनेको बौद्धिक पेशाकर्मी महासंघको १३ सदस्यीय समिति घोषणा भएको हो ।

पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भेलाबाट उपाध्यक्षहरुमा दुर्गा न्यौपाने, प्रा. प्रेम एक्तेन, प्रा. अर्जुन श्रेष्ठ, ई. जितेन्द्र यादव, सरोज खेलाडी महासचिवमा विरेन्द्रकुमार ठाकुर, उपमहासचिवमा डा. अशोक थापा, सचिवमा डा. रामदेव पण्डित, मञ्जारुल अन्सारी र कोषाध्यक्षमा उत्तम श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी, महासंघले प्रदेश २ को इन्चार्जमा ई. जितेन्द्र यादवलाई चयन गरेको छ ।

तपाईको प्रतिक्रिया