सिर्सियावासीलाई सरकारले मधेशी भएकै कारण सुकुमवासी बनाउन खोज्यो : सांसद यादव

राजनीति

       

काठमाडौं, २१ साउन । वीरगंज महानगरपालिका वडा नम्बर २५ सिर्सियाको घरजग्गा रोक्का राखेर मधेशी भएकै कारण सुकुमवासी बनाउन खोजेको सांसद प्रदीप यादवले आरोप लगाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले २ वर्षदेखि घर जग्गा रोक्का राखेर अधिग्रहणको नाममा मधेशी भएकै कारण उठिबास लगाउन खोजको आरोप लगाएका हुन् ।

मधेशी भएकै कारण विना क्षतिपूर्ति घर, घडेरी, जग्गा सबै रोक लगाएका कारण स्थानीय कुनैपनि व्यापार व्यवसाय वा छोरी बेटीको विवाहका लागि समेत ऋण लिन नसक्ने अवस्थामा बनाएको प्रति सांसद यादवले दुःख व्यक्त गरेका थिए ।

बिना कुनै ठोस कदम उठाई ६२ बिघा भन्दा बढी जग्गा अधिग्रहण गरि आर्थिक नाकाबन्दी जस्तो हाल सिर्सियाका स्थानीय बासिन्दासँग सरकारले गरेको छ । अनेकौ बहाना लागे भएको जग्गा रोकाका कारण त्यहाँका स्थानीयहरु आर्थिक संकटबाट जुझ्न बाध्य भएको भन्दै सांसद यादव सदनको ध्यानाकर्षण गराए छन् ।

नेपाल सरकारले नयाँ आईसिपि सँगसँगै स्मार्ट सिटी बनाउनुपर्ने अवधारण अघि सारेको थियो तर कुनै काम नै अगाडी नबढाई स्थानीयमाथि आर्थिक नाकाबन्दी गरेको उनको आरोप थियो ।

स्मार्ट सिटि बनाउनु परे त्यसको विस्तृत काम अगाडि बढाउनु पर्ने, हैन भने किनबेच फुकुवा गर्नुपर्ने नेपाल सरकार समक्ष माग गरेका छन् ।

तपाईको प्रतिक्रिया