डा. सीके राउत १० दिनका लागि कतारमा

राजनीति

       

काठमाडौं, २४ साउन । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत कतारका लागि बिहीबार काठमाडौंको त्रिभुवन विमानस्थलबाट प्रस्थान गरेका छन् ।

उनी कतारमा गैरआवासीय मधेशी संघको आयोजनमा हुन लागेको सांस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

कतारमा नेपाली दूतावाससहित अन्य नेपाली संघसंगठनहरुले समेत स्वागत अभिनन्दन गर्ने कार्यक्रम रहेको जनमतका केन्द्रीय सदस्य चन्दन सिंहले जनाएका छन् ।

१० दिने भ्रमणका क्रममा डा राउतले नेपाली कामदारहरुको अवस्था बुझ्ने, क्याम्पहरुको भ्रमण गर्ने, कामदारहरुको समस्याहरूको समाधानका लागि पहल गर्ने तथा दुई देशबीच सुमधुर सम्बन्ध स्थापित गर्न तथा आर्थिक सांस्कृतिक प्राविधिक सहकार्यका सम्भावनाहरूको बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया