राजपा नेता भारतमा पक्राउ

राजनीति

       

काठमाडौँ, २४ साउन । राजपा नेपालका नेता बैंक ठगीको आरोपमा भारतमा पक्राउ परेका छन् । राजपाबाट प्रदेश २ को प्रदेशसभामा समानुपातिक उम्मेदवार बनेका मनोजकुमार ठाकुर बैंक ठगीको आरोपमा भारतको उत्तर प्रदेशमा पक्राउ परेका हुन् ।

उनी मधेशी कोटाबाट समानुपातिक उम्मेदवारको सूचीमा परेका थिए । उनीसहित भारत सीतामढी जिल्लाका सञ्जय ठाकुर, अमिनेश ठाकुर र मुज्जफरपुरका अजित शर्मालाई उत्तर प्रदेशको स्पेशल टाक्सफोर्सले पक्राउ गरेको हो ।

ठाकुर विहार सीतामढी जिल्ला निवासी भएको र उनको साथबाट नेपालसँग सम्बन्धित अन्य कागजात पनि फेला परेको विहार प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारैजना भारतको नोएडामा पहिलादेखि नै सक्रिय भएर बैंकको फर्जी कागज बनाउँदै ठगीमा संलग्न भएको भारतीय प्रहरीले जनाएको छ ।

उनीहरुले भारतको आइसीआइसीआई बैङ्कबाट २ करोड र सिटी बैङ्कबाट १० लाख रुपैयाँ ऋण लिएको अनुसन्धानबाट खुलेको छ ।

तपाईको प्रतिक्रिया