समाजवादी पार्टीमा यादव

राजनीति

दिलिप कुमार यादव

       

कपिलवस्तु, २६ साउन । दुई दलको केन्द्रमा एकिकरण पश्चात कपिलवस्तुमा संघिय समाजबादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल कपिलवस्तु बिच जिल्ला समायोजन घोषणा सम्पन्न भएको छ ।

समायोजनमा शैलेन्द्र कुमार यादव नेतृत्वको ७१ सदस्यीय जिल्ला कार्य समिती सर्व सम्मत चयन भएको छ । समाजबादी पार्टीको उपाध्यक्षमा देव बहादुर भुसाल, अजित कुमार सिंह र रामनेवास पुरी, सचिवमा चोपलाल राहुल मगर, सह सचिवमा मोहम्मद ईरफान रजा मुसलमान र कोषाध्यक्षमा आरती सिंह यादव चयन भएका छन ।

पार्टीमा सर्व सम्मत सदस्य चयन हुनेहरुमा पशुपतिमणी त्रिपाठी, धिरेन्द्रमणी पाठक, राजन उपाध्याय, गोपाल प्यारे चंडेल लगायत रहेका छन ।

अध्यक्ष चयन भएका यादव संघिय समाजबादीका जिल्ला अध्यक्ष रहेका थिए । कार्यक्रममा पार्टीका केन्द्रिय नेता दान बहादुर चौधरी, सहसराम यादव, देबेन्द्र पाण्डे, प्रदेश अध्यक्ष अशोक कुमार यादव, प्रदेश महिला समिती अध्यक्ष निलम यादव, प्रदेश सदस्य बजरंगी कुर्मी लगायतले जिल्लामा पार्टी एकता पश्चात संघियता, समानता, समृद्धि र समाजबादका मार्गमा अगाडी बढनका लागी बाटो खुलेको बताए ।

तपाईको प्रतिक्रिया