जनमत पार्टी बाँकेद्वारा कार्यकर्ता प्रशिक्षण सम्पन्न

राजनीति

       

नेपालगञ्ज, २६ साउन । जनमत पार्टीले शनिबार बाँकेको कोहलपुर १५ मा कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ । कोहलपुरमा जनमत पार्टीले आफ्नो पकड बनाउने उद्देश्यले प्रशिक्षण तथा संगठन बिस्तारमा जोड दिएको दावी गरेको छ ।

जनमत पार्टीका सम्पूर्ण युवाहरुलाई प्रशिक्षण दिई गाँउगाँउमा परिचालन गरि जनतालाई जागरुक बनाउने उद्देश्यसाथ लगातार प्रशिक्षणहरु चलाइएको जनमत पार्टीका नेता ए.के.आजादले जानकारी दिए ।

पार्टीको कोहलपुर –१४ का संयोजक बिष्णु खटिकको अध्यक्षतामा भएको कार्यक्रममा जनमत पार्टीका नेता इरफान अहमद शेष तथा ए.के आजाद, मोहम्मद हुसेन शाह लगायतले प्रशिक्षण दिए ।

जनमत पार्टीले कोहलपुरमा थप दुई वडामा आगामी साता प्रशिक्षण गरिने जनाएको छ । आउने साता २ वटा वडा भेला गरि प्रशिक्षण दिने योजना रहेको जानकारी नेता शेषले बताए ।

तपाईको प्रतिक्रिया