समाजवादी पार्टीमा शैलेन्द्र कुमार यादव चयन

राजनीति

       

इमरान खान, कपिलवस्तु, २६ साउन । दुई दलको केन्द्रमा एकिकरण पश्चात कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपलिका हलमा शनिवार संघीय समाजवादी फोरम नेपाल तथा नयाँ शतिm पार्टी नेपालबीच पार्टी समायोजन घोषण सम्पन्न भएको छ ।

समायोजनमा शैलेन्द्र कुमार यादवको नेृत्तवको ७१ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन भएका छन् । समाजवादी पार्टी कपिलवस्तु जिल्लाका उपाध्यक्षमा देव बहादुर भुषाल, अजित कुमार सिंह, राम निवास पुरी त्यस्तै सचिवमा चोपलाल राहुल मगर सह –सचिव मो. इरफान रजा मुसलमान कोषाध्यक्ष आरती सिंह चयन भएका छन ।

अध्यक्ष चयन भएका यादव संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रहेका थिए । कार्यक्रममा पार्टीका नेता केन्द्रिय नेता दान बहादुर चौधरी, मंगल प्रसाद गुप्ता, प्रदेश सभा सदस्य सहस राम यादव, देबेन्द्र पाण्डे, प्रदेश नं. ५ का प्रदेश अध्यक्ष अशोक कुमार यादव, प्रदेश महिला समिति अध्यक्ष टनिलम यादव, प्रदेश उपाध्यक्ष अब्दुल रसिद खाँ, प्रदेश सदसय बजंरगी चौधरी, प्रदेश नं. ५ का प्रदेश सदस्य एवम् युवा नेता अकरम पठान लगायतले जिल्लामा पार्टी एकता पश्चात् संघीयता, समानता, समृद्घि र समाजवादका मार्गमा अगाडि बढ्नका लागी बाटो खुलेको बताए ।

तपाईको प्रतिक्रिया