प्रहरी व्यवस्थपनको जिम्मा प्रदेश सरकारलाई दिनु पर्दछ : सांसद यादव

राजनीति

       

वीरगन्ज, २७ साउन । समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रदेश प्रहरी संचालनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारलाई दिनुपर्ने सुझाव दिएका छन् ।

गृह मन्त्रालयद्वारा प्रदेश प्रहरी संचालन एवम् व्यवस्थापनबारे संघीय संसदमा प्रस्तुत विधेयकमाथि संघीय संसदमा बोल्दै सांसद यादवले भौगोलिक एवम् सांस्कृतिक विविधतालाई मध्यनजर गर्दै प्रदेश प्रहरीको नियुक्ति, सरुवा, बढुवा लगायत संचालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारलाई दिनुपर्ने सुझाव दिएका छन् ।

राष्ट्रिय विविधतालाई मध्यनजर गर्नुको साथै संघीयताको मर्मअनुसार प्रदेश प्रहरी संचालन एवम् व्यवस्थापनको बारेमा संसदमा प्रस्तुत गरिएको विधेयकमा सुधारको आवश्यकता रहेको बताउदै संसदको माध्यमद्वारा गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

तपाईको प्रतिक्रिया