प्रधानमन्त्री ओलीद्वारा बकर ईदको शुभकामना

समाचार

       

काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान चाड बकर ईदको उपलक्ष्यमा यस समुदायका सम्पूर्ण दिदीबहिनी दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन् ।

ईद–उल– अज्हा (बकर ईद)को अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल बहुजातीय र बहुसाँस्कृतिक देश भएकोले यहाँका सबै जाती र सँस्कृतिका चाडपर्वहरुलाई राज्यले उत्तिकै सम्मान गर्ने बताएका छन् । “नेपाल बहुजातीय बहुसाँस्कतिक देश हो । सबै जाति र सँस्कृतिका चाडपर्वहरुप्रति सरकारले उत्तिकै सम्मान छ” प्रधानमन्त्री ओलीले भने ।

बकर ईदले आफूलाई मात्र होइन समुदायका गरिब र इस्टमित्रलाई समेत सहयोग गर्न सबैलाई उत्प्रेरित गर्ने प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ “बिहान सबेरै ईदको नमाज पढे पछि आआफनो घरमा दिइएको कुर्वानीको तीन हिस्सा मासुमध्ये एक हिस्सा घरमा, अर्को एक हिस्सा गरिबलाई र बाँकी एक हिस्सा इस्टमित्रहरुलाई प्रदान गर्नेगरिन्छ । यस्तो प्रचलनले मानवीयताको एउटा नमुना प्रदर्शन गरेको छ ।”

तपाईको प्रतिक्रिया